Nepal Lockdown Stories - Part 3 | नेपाल लकडाउनका कथाहरु - खण्ड ३

खण्ड १  र खण्ड २ पढ्नु भएको छैन भने येहा किलिक गर्नु होला।

कोरोना महामारीको बेला ३ परिवार काठमाडौँमा आफ्नो आफ्नो घरमा बसेर लकडाउन अन्त्यकाे प्रतीक्षा गरिरहेका छन्।

Durbarmarg Road which leads to Narayanhiti Royal Palace of Nepal
Source: Wikipedia
तीन परिवार -
  • निम्न वर्गीय परिवार
  • मध्यम वर्गीय परिवार
  • उच्च वर्गीय परिवार
एउटै संसार, एउटै देश, एउटै सहर ,एउटै परिस्थिति तर फरक फरक कथा ! 

खण्ड ३: उच्च वर्गीय परिवार


दिउँसोको २ बजेको छ। काठमाडौं भी.इ.पी इलाकाको एउटा घरमा श्रीमान,श्रीमती र छोराछोरी खाजा के खाने भन्ने विषयमा छलफल गर्दै छन्।


श्रीमान: आज खाजा के खाने हो ? घरमै केही बनाउने कि अनलाइन अडर गर्ने ?

छोरा: डयाडी, आज मलाई म:म खान मन लागेको छ। त्यहि अस्तिको ठाउँबाट अनलाइन अर्डर गरुम। 

श्रीमान: छोरी तिमीलाई नी ? 

छोरी: हुन्छ, मलाई पनि म:म भए हुन्छ। 

श्रीमति: अनलाइन नै गरौं, मलाई पनि सजिलो। 

श्रीमान: लौ त मैले अडर गरे।अरु केहि भन्ने हो कि ? 

श्रीमति: त्यसमा फ्रेन्च फ्राइज थप्ने हो कि ? 

श्रीमान: हुन्छ। मैले अडर गरे है त।
Family enjoying sea view sunset while walking wooden trail


श्रीमानको मनोबाद

दुई महिनासम्म यसरी घरमा कतै नभइकन,केहि नगरिकन बस्नु सकिँदोरहेछ। जीवनमा पहिलोपटक यसरी यति लामो समयसम्म घरमा बस्यो तर अब फेरी यसरी रोगको कारणले गर्दा घरमा बस्न चाहि नपरोस। खाली खायो बस्यो अरु केहि उपलब्धि मुलक काम गर्न सकेको छैन। यसरी नै कहिले सम्म चल्ने हो कुन्नि ? नेपालमा कोरोनाको अहिले सम्म ट्रेलर जस्तो मात्र रहेछ अब बल्ल फिल्म सुरु हुँदैरहेछ। हामीले न त परीक्षण नै राम्रोसँग गर्न सकेका छौ न त व्यवस्थापन नै। जति त्यसको बारेमा सोच्यो ,त्यति रीस र निराशा मात्र हुन्छ। जनताले लकडाउन सफल बनाउनको लागि सरकारले पुरा साथ दिएर आफ्नो दायित्व पूरा गर्दा पनि हाम्रो सरकारले किन नसकेको होला केहि गर्न। अझै समाचार सुन्ने हो भने त, हाम्रो देशको स्थिति देखेर एकदम दुख लाग्छ: स्थानीय तह लाचर भएर कति ठाउँमा परीक्षण किटको अभावले क्वारेन्टाइनमा राखिएका मान्छेलाई त्यसै परीक्षण नगरिकन घर पठाइएको छ रे। अहिले मानिसहरु सबै काठमाडौँ छोडेर आफ्नो गाउँ फर्केको बेलामा र भारतबाट र अरु ठाउँबाट पनि आफ्नो आफ्नो गाउँमा फर्केको बेलामा स्थिति कस्तो हुने हो। अब झन् सङ्क्रमण गाउँमा न पुग्ला र स्थिती भयावह नहोला भन्न सकिँदैन।

गाउँको कुरा अरुहरुले गरेको सुन्दा मलाई त्येस्तो धेरै फरक केहि लाग्दैन। मान्छेहरुलाई दुःख पायोकी गाउँ सम्झन छन् तर आफ्नो गाउँ भने पनि सहर भने पनि यहि काठमाडौँ नै हो। पहिले बाउबाजेको पाला बाटै काठमाडौँ नै हो हाम्रो गाउँ अरू जाने ठाउँ पनि छैन र आफ्ना मान्छेहरु पनि सबै यहि छन्। कसैले गाउँ जाने वा आफ्नो गाउँको कुरा गरेको सुन्दा, रमाइलो लाग्छ र मेरो पनि जाने ठाउँ भईदिएको भए हुन्थियो नि भनेर कहिले कहिँ सोच पनि आउछ। अब यो काठमाडौ पनि पहिलाको जस्तो कहाँ रहयो र, अहिले त खाली मान्छे र घर बाहेक अरु केहि पनि छैन तर के गर्नु अरू उपाय पनि छैन। सबै हाम्रो सिंगो नेपाल नै काठमाडौँ मै छ।बाउ बाजे देखि नै यही बसेर व्यापार गरिरहेको भएर नै अहिले हामी यो अवस्थामा छौ। भन्छन नी, रगतमा गुणहरु जान्छ भनेर, सायद त्यही भएर होला व्यापार हाम्रो रगतमा एउटा पुस्ता देखि अर्को पुस्तामा सर्दै आएको।

High tension line distribution in foggy climate


व्यापार पनि राम्रो चलीरहेको छ र अन्य लगानीले पनि राम्रै फल दिइरहेका छन् तर यो पर्यटन क्षेत्रमा लगानी गरेर चाहिँ समस्या पर्ला जस्तो छ। यसपाली पर्यटन क्षेत्रबाट राम्रो मुनाफा गर्ने आशा थियो र लगानी पनि टन्न गरेको थिए तर यसपाली ठुलो घाटा होला जस्तो छ। कलकारखानाहरु चाहि राम्रै चलिरहेछ, पछि खुलेपछि पनि व्यापार राम्रै हुन्छ भन्ने आशा छ। खाद्यान्न क्षेत्रमा लगानी गरेर राम्रो काम गरेछु। मेरो श्रीमतीले भनेरै हो मैले यो क्षेत्रमा हात हालेको। "मान्छेलाई जे भए पनि खान पर्छ "भन्ने उसको तर्क सँग हार मानेर नै मैले यो क्षेत्रमा प्रवेश गरेको हु। अनि ,अहिले मलाई सबसे बढी नाफा दिने क्षेत्र नै येही हो। अझ पार्टीहरुलाई चन्दाको नाममा पैसा दिन नपरेको भए र बेला बेलामा सरकारी कर्मचारीहरु सँग सम्झौता गर्न नपर्ने भएको भए , त्यो लगानीले अझ माथि पुग्थिये होला। हाम्रो राजनीतिमा कहिले सुधार आउने हो कुन्नि ?

राजतन्त्र देखियो, प्रजातन्त्र पनि देखियो, अनि लोकतन्त्र र अहिले गणतन्त्र पनि देखियो तर हामीलाई त्येस्तो केहि फरक परेजस्तो लाग्दैन, खोइ फरक थाहा पाउनको लागि कुर्सीमै बस्नुपर्ने हो कि ? हाम्रो राजनीतिक भद्रगोल देखेर होला, विदेशीहरुले हाम्रोमा आएर लगानी गर्न गाह्रो मानी रहेको। चीनले लगानी त गरी रहेको छ तर उसको आर्थिक फाइदा भन्दा पनि राजनीतिक फाइदाको कारणले गर्दा हो कि भन्ने प्रश्न आउँछ मेरो मनमा घरिघरि।

हाम्रा नेताहरुमा यो दूरदृष्टि, योजना र व्यवस्थापन भन्ने कुराहरु अलि कमै देखिन्छ। गल्ती हाम्रै हो; अहिले जुन मान्छेलाई गाली गरिरहेका हुन्छौ पछि फेरी त्येही मान्छेलाई भोट हाल्छौं, आफ्नो पार्टी, आफ्नो पहिचान भन्दै। पार्टी भएर हामी नेपाली भएका हौ कि नेपाल भएर हो, मैले नबुझेको यति हो। मेरो बिचारमा, हामी अन्धभक्त भएर नै हो, नेपाल अहिले यस्तो दुर्घटनाको अवस्थामा पुगेको। सहि र गलत त सजिलै छुट्टाउन सक्नुपर्ने हो तर अहिलेसम्म चाहि हामीले सकेको छैनौ। एकदिन हामीले अवश्य सही र गलत छुट्याउन सक्छौ र बल्ल देश उन्नतीको बाटोमा लाग्छ भन्ने आशा चाहि अझै छ है। त्यो दिनको प्रतीक्षामा म र नेपाल आमा दुबै छौ। "आफ्नो देश आफ्नो पहिचान " भन्न थाले पछि, बल्ल हाम्रो देशमा केहि हुन्छ कि ? 

व्यवस्थापनकै कुरा गर्दा, आजकल अलि समय बढी भएर के गरु के गरु भईरहेको हुन्छ। पहिला मिटिङ्ग भन्यो, सेमिनार भन्यो एकछिन फुर्सद हुँदैन थियो तर अहिले समय बढी भएर गाह्रो छ। यो लकडाउनको एउटा मात्र फाइदा भनेकै आफ्नो परिवार र छोराछोरीहरू सँग यसरी पहिलोपटक समय बिताउन पाएको छु। तिनीहरुका मनका कुरा र तिनीहरूलाई के मन पर्छ के मन पर्दैन अब चैँ अलि अलि भए पनि चाल पाउन थालेको छु।मैले तिनीहरूसँग खेल्दा, बिताएको समय अब यो जीवन भरिलाई एउटा सुन्दर सपनाको रूपमा मेरो मनमा र दिमागमा रहिरहनेछ।
Person sitting on the floor and reading book




आफूले सङ्कलन गरेका किताबहरु पनि पढ्ने फुर्सद भएको छ। यति धेरै किताबहरु छन्, अब बल्ल बिस्तारै पढेर सक्नु पर्छ तर कति सकिन्छ भन्ने चाहि यो लकडाउनमा भर पर्ने कुरा हो। व्यायाम गर्नको लागि नि प्रशस्त समय मिलेको छ, श्रीमतीको करले किनेको ट्रयड मील र अरु उपकरणहरु अहिले बल्ल सहि प्रयोगमा आइरहेको छन्। आजकल निन्द्रा पनि निकै मिठो लाग्छ, खुसी र केटाकेटी सँग खेलेर होला। पहिला तीन चार घण्टा भन्दा बढी सुत्न सक्दैनथे र पाउँदा पनि पाउँदिन थिएँ तर आजकल त्यो समय बढेर छ/सात घण्टा पुगेको छ। मन हलुङ्गो र खुशी छ अहिले ,आखिर त्यो सबै भागदौड के को लागि रहेछ ? 


श्रीमतीलाई चाहि अलि कति गाह्रो भएको हो कि जस्तो लाग्छ। उसलाई सहयोग गर्ने हातहरु पनि यो लकडाउनमा थुनिएका छन् तर उसको तारिफ गर्नैपर्छ, अहिलेसम्म चाहिँ एकदम राम्रोसँग सम्हालेकी छिन्। मेरो परिवार होस या व्यवसाय उसको साथ बिना कुनै पनि सम्भव हुने थिएन। तर उ प्रति मैल श्रीमानको कर्तव्य पुरा गरेको छैन कि जस्तो पनि लाग्छ बेला बेलामा। हाम्रो सम्बन्धलाई यहा सम्म पुग्नुको श्रेय उसलाई नै जान्छ। अझ यो लकडाउनको बेलामा धेरैथरी पकवान बनाउन सिकेर र छोरीलाई पनि सिकाई रहेकी छिन्। मानिस भएपछि जस्तो अवस्थामा पनि बाँच्नुपर्छ भनेर नै आजकल केटाकेटीलाई पनि सानातिना कामहरु दिइरहेकी हुन्छिन। छोराछोरी पनि गर्न उत्सुक देखिन्छन नत्र सुरुसुरुमा परीक्षा सकिनेबित्तिकै बिदाको बेलामा केटाकेटीलाई धान्न अलि गाह्रो हुन्थ्यो तर यसपालि अलि सजिलो भएको छ। त्यसको थोरै श्रेय अनलाइन क्लासलाई पनि जान्छ। यो कति दिन जाने हो हेरुम तर जे होस् स्कुले आफ्नो कर्तव्य पूरा गरिरहेको छ। बिचरा SEE दिनेहरुको एकदम माया लाग्छ, खुरुखुरु यिनीहरुसँगै सक्दिएको भए, अहिले तिनीहरु पनि आराम गरेर र तनाब मुक्त भएर बस्न पाउँथे। तर भन्छन् नि "कहिँ नभएको जात्रा हाडी गाउँमा", हाम्रो नेपालमा मात्रै हो कक्षा १०/SEE लाई यस्तो महत्व दिएर, परीक्षा रोक्नुको कुनै आवश्यकता छ जस्तो मलाई लाग्दैन। केटाकेटीलाई अनावश्यक तनाव दिनु निकै नै गैरजिम्मेवारी कदम हो।

अहिले सरकारको कोरोना कालको नीतिहरु देख्दा र कुराहरु सुन्दा अचम्म लाग्छ। हाम्रो जस्तो भूपरिवेष्ठित देशमा पानी जहाज कार्यालयका लागी डेढ करोडको गाडी किनें सोचि रहेको छ रे, हाम्रो सरकार। साइकल चढ्न गाह्रो हुने अवस्थामा हाम्रा नेताहरु भने पानी जहाज किन्ने योजना बनाएर मुर्खता गरिरहेका छन्। यो मूर्खता बाहेक अरु केहि हो जस्तो लाग्दैन मलाई। विषयवस्तुको गम्भीरतालाई नबुझेको हो कि बुझेर पनि बुझ पचाएको हो ? संसारका सबै देशहरु गम्भीर भएर अर्थतन्त्रलाई उकास्नको लागि योजनाहरु बनाउनमा व्यस्त छन् भने हाम्रो सरकार चाहि अनाबश्यक खर्च रअर्को पार्टी विभाजन गर्ने रणनीतिमा व्यस्त छ। मन्त्रीहरुको भाषण सुन्दा र बक्तब्यहरु सुन्दा खेरि चाही सबै ठिकै छ जस्तो अनुभूति हुन्छ तर मुखबाट मत्र बोलेर हुने भएको भए त मलाई पनि बिल गेट्स भन्दा धनी हुने इच्छा थियो तर खै त अहिलेसम्म भएको छैन। बोल्दैमा हुने भए त यो पनि हुनु पर्ने थियो नि होइन र ?


Picture of a hut and a person walks around the agricultural fields in hilly region of Nepal

हामीले स्कुल पढ्दा सुन्दै आएको कुरा , नेपाल कृषिप्रधान देश हो भनेर।अहिले दुःख बाहेक अरु केहि लाग्दैन, यो कुरा सुन्दा र सम्झदा। यही लकडाउन कै बेलामा मात्र नेपालले भारतबाट ४ अर्बको तरकारी आयात गरी सकेको छ रे तर हाम्रै देशका कृषकहरु चाहि आफ्नो उब्जनी कुहाएर फ्याल्नु परेको छ। राम्रोसँग बजार व्यवस्थापन र सरकारको समयमा ध्यान पुगेको भए नेपाली कृषकहरुले आफ्नो सबै तरकारीहरु फाल्नु पर्दैन थियो। यसको पछि पनि कसैको स्वार्थ वा अरु केहि लुकेको छ कि ? हाम्रो देशमा आफ्नो स्वार्थ बिना केही हुँदैन केरे, भन्न सकिदैन। 

भारतकै कुरा गरिरहँदा सीमा विवाद र सीमामा रहेका नेपालीलाई घर फर्काउन नसकेको दृश्यहरु टिभीमा देख्दाखेरी एकदम दुःख लाग्छ र रिस पनि उठ्छ। दुःखमा भएका आफ्ना दाजुभाइ त्यसरी आफ्नो देश फर्किन नपाउनु ठुलो दुर्भाग्यको कुरा हो। जो जहाँ जस्तो अवस्थामा भए पनि दुख परेर सम्झने र फर्किने भनेको आफ्नै देशको त हो नि। यत्रो दिनसम्म पनि सीमामा फसेकाहरुलाई आफ्नो घर फर्काउन सकेको छैन। थाहा छ यो संसारलाई परेको दुख हो तर हामीसँग यसको लागि तयारी र पूर्वयोजना बनाउनको लागि प्रशस्त समय थियो तर त्यो समयको सदुपयोग नहुनाले अहिले यो अवस्था सिर्जना भएको हो। मौन बसेर वा वास्ता नगरे रै यो समस्याबाट छुटकारा पाउन खोजिएको हो कि जस्तो देखिन्छ। त्यसैले गर्दा हाम्रा नेपालीहरुले दुःख पाएका छन्। 
Revised map of Nepal after encroachment attempt from India
Source: Ratopati

अझ सीमा बिबादको बिषयमा सम्झदा झन् ! सम्झियो कि मनमा दुख र भारत प्रति क्रोध मात्र बढ्छ तर आफैले आफैलाई सम्झाउछु यसमा भारत र भारतको जनताहरूको भन्दा पनि केही मानिसहरु जसले यो खराब काम गरेका छन् तिनका कारणले मात्र, यो भएको हो भनेर। केहि मानिस खत्तम भए भन्दैमा देशलाई खत्तम भयो भनेर भन्न त मिल्दैन नि। अब हामी आफ्नै देशमा भएका मान्छेहरुलाई हेरम न, नराम्रा काम गर्ने मान्छेको कमी छ र हाम्रोमा ? क्रोध र घृणाले कसको भलाई भएको छ र ? 

अझ ५ देखि ८ लाख नेपालीहरु देश फर्कनलाई तयार भएर बसेका छन् रे।बिचराहरु निर्णयको प्रतीक्षा गरी कुरी बसेका छन्। हाम्रो सरकारले रेमिटेन्स बुझने बेलामा चाहिँ सम्झने तर यस्तो दुःख पर्दा खेरि त्यही रेमिटेन्स पठाउने आफ्ना जनतालाई चाहिँ केही बस्ती नगर्ने। येत्रो २ महिनासम्म पनि केही ठोस निर्णय र योजना बनाउन नसक्नुमा सरकारको बाहेक अरु कसैको दोष देख्दिन म। विभिन्न देशमा रहेका नेपालीहरु फर्कन खोज्दा, यतिसम्म हुन थाल्यो कि ती देशहरुले नै हामीलाई इजाजतपत्र देउ, हामी आफ्नै जहाज र आफ्नै खर्चमा ल्याएर छोड दिन्छौँ भनेर भन्दा पनि केही बोल्न सकेको छैन हाम्रो सरकार [1]। भारतबाट आउनेहरुलाई त अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन , पछि झन् तेत्रो मान्छे आउदा खेरि छन् अवस्था कस्तो हुने हो ? हाम्रो सरकारले भन्न त भनिरहेको छ, खाना नपाई कोही पनि मर्दैन हाम्रो नेपालमा भनेर तर वास्तविकता अर्के छ। हाम्रो सरकारले भन्दा बरु एभिन्युज च्यानलले यो राहतलाई लिएर एकदम राम्रो काम गरेको छ तर सरकारले सोच्नु पर्ने हो यस्तो लापरबाही र वास्ता नगरेर कहिले सम्म चल्छ भनेर।

यसपालीको आर्थिक मन्दीले संसारलाई सिथिल बनाउन लागेको छ तर सरकारलाई खासै चासो र यसको गम्भिरता अहिलेसम्म बुझेको छ जस्तो लाग्दैन। होटल व्यवसायीहरुले पनि यही चालामाला बुझेर होलाआफै ६ महिनाको लागि बन्द गर्ने निर्णय गरेका। अरु क्षेत्रमा चाहि केही निर्णय भएको छैन।धेरै नोक्सान भइसक्यो, अब ६ महिना देखि एक वर्ष त नोक्सान उठाउनै लाग्छ, फाइदाको त कुरै नगरौ। मजदुरहरुलाई पनि तलब दिनै पर्यो, २ महिनाभन्दा बढी भइसक्यो केही काम नभएको र यही गतिमा गयो भने यो समय कति लम्बिन्छ भनेर भने सकिँदैन। राजाका पालामा बनेका सबै कलकारखाना बन्द भए जस्तै मेरा कारखानाहरु पनि बन्द हुने त हैनन् ?

गैरजिम्मेवारी र अपरिपक्कको विषयमा कुरा गर्दागर्दै हाम्रा पर्यटनमन्त्रीले भन्नुभएको कुरा याद आयो। पर्यटन क्षेत्रलाई कसरी उकास्ने भनेर सोध्दाखेरी, उहाले "हामी नेपालीहरुलाई एक महिनाको लागि यो लकडाउन खुलेपछि सबैतिर घुम्न पठाउँछौं " भन्नुभएको रे। सुन्दा पनि यस्तो हाँसो लाग्ने कुरा बोलेर के गर्न खोज्नुभएको हो ? बोल्दैमा के जान्छ भनेर होला तर यस पलि त बोल्नै गल्ती गर्नुभयो जस्तो लाग्छ। यस्तै छ अब सरकारले के गर्ला भन्दा नि अब यसपछि के गर्न सकिन्छ भनेर योजना चै बनाउन थाल्नु पर्यो। सरकारको आशा गरेर खासै काम होला जस्तो छैन। त्येत्रा बेरोजगारलाई कसरी व्यवस्थापन गर्छ कुन्नि ? पहिला नै यति धेरै थिए, अब झन् विदेशबाट १५/२० लाख फर्कने कुरा छ, अवस्था कस्तो हुने हो तर यसपाली चैं कुराले मात्र चाहिँ धान्न गाह्रै पर्ला कि ? 

श्रीमतीको मनोबाद


आज खाजाको ब्यबस्था पनि भयो। बाहिर र घरको काममा, यो कोरोनाले गर्दा निकै समस्या भइरहेको छ। पहिले यो सबै काममा सहयोग मिल्थ्यो तर अहिले लकडाउनले गर्दा तिनीहरू पनि आफ्नो आफ्नो घरमा थुनिएका छन्। काम सिकाउने कुरा चाहि लकडाउनले एकदम गरेको छ। आफ्नो परिवारको लागि काम गर्दाअर्कै खुशी र आनन्द आउँदो रहेछ भन्ने कुरा महसुस गराएको छ। पहिले कामले गर्दा केही गर्ने समय हुँदैन थियो र मन पनि लाग्दैन थियो। परिवारसँगै मिलेर खाना बनाउँदा निकै रमाइलो हुदो रहेछ। उहाँलाई भान्साको यतिधेरै काम आउँदो रहेछ मलाई थाहै थिएन। अहिले मैले, उहाँका जीवनका लुकेका पाटाहरू पनि देख्दैछु।


आजकल, छोराछोरीसँग खेल्दा नि निकै खुसी देखिनुहुन्छ। अरुलाई कस्तो छ थाहा छैन तर हाम्रो परिवारलाई चाहिँ यो लकडाउनले निकै नजिक ल्याएको छ। पहिले उहाँसँग बोल्न र भेट्न मलाई त गाह्रो हुन्थ्यो,बिचरा केटाकेटीले झन् कहाँ बाट समय पाउलान। बुबाको देहान्तपछि उहाँमा यस्तो परिवर्तन आएको हो भनेर मलाई हाम्रा इष्टमित्रले भनेका। पहिले सबै कुरालाई यस्तो गम्भीर भएर लिनुहुन्न थियो तर त्यस घटनापछि सबै फेरियो र एउटा नया मान्छे जस्तै हुनुभयो भन्ने उहाका साथीहरूबाट पनि सुनेकी छु। मलाई पहिला त मनपर्ने मान्छे झन अहिले यो लकडाउनको रुपले गर्दा अझ बढी मन पर्न थालेको छ। सधैं हाँस्ने, खुलेर कुराकानी गर्ने अनि जे काम गर्दा पनि प्रेरणा र हौसला दिने बानीले उहालाई अझ आकर्षक बनाएको छ। आशा गर्छु, यो लकडाउन पछि पनि यो रुप र उहाँमा भएको यो बदलाव कायम रहनेछ। 

Photo showing a love between husband and wife while they hold each others finger





आमाको मायाबाट सानैमा वञ्चित हुनुभएको र बुवाले नै आमा र बुवा दुबैको माया दिएर हुर्काउँनु भएको भएर होला, आफ्नो भावनाहरु स्पष्ट सँग प्रकट गर्न नसक्नु भएको। यी मनका कुरा पनि मसँग पहिलोचोटी उहाकै मुखबाट अस्ति बेलुकी भन्नु भएको। उहाँका कुरा सुन्दा दुख पनि लाग्यो तर यस्तो कुरा उहाँले मसँग पहिलोचोटी गर्नु भएको भएर होला खुशी पनि लाग्यो।अहिलेसम्म यो गर्छु भन्दा पर्दैन भनेर भन्नुभएको छैन र जे गर्दा नि गर मात्र भन्नु हुन्छ तर अस्तिको त्यो मनबाट सिधै निस्केका कुराले मेरो वैवाहिक जीवनमा पाएका सबै खुशीलाई जितेको छ। त्यो क्षण मैले अब जीवन रहुन्जेल आफ्नो मनमस्तिष्कमा सम्हाल्ने छु। लकडाउन नभएको भए ,यो अवसर मैले पाउँदिन थिएँ होला। 


खोइ कहिलेसम्म जाने हो, यो लकडाउन ? किनमेल र साथीहरुसँग लन्चको लागि जान नपाएको पनि धेरै भयो। साथीहरूसँग कुराकानी चाहिँ भइरहेको छ तर भेटेर संगै कुराकानी गर्नको छुट्टै मजा छ। अलिअलि घरलाई परिवर्तन गरेर सजाउने काम पनि थियो। यो कोरोनाले सबै योजनाहरु खत्तम बनाई दियो। छोराछोरीको छुट्टीको बेलामा घुम्न पनि जाने अनि त्यही समयमा घरलाई मर्मत र सजाउने काम गर्ने योजना बनाएकी थिएँ। यसपाली केटाकेटीको डिज्नील्याण्ड जाने रहर पुरा हुने भयो भनेको झन् यस्तो भयो। ठिकै छ, अब खुलेपछि आर्को साल जाउला। सुरुमा यिनीहरुलाई सम्झाउनै गाह्रो भयो तर आजकल त्यो कुरा बिर्से सके। पहिले छुट्टी हुदा, घरमा धेरै फोनमा झुण्डिएर र गेम खेलेर असर गर्छ कि भन्ने ठूलो डर थियो तर आजकल आफै कम गरेका छन् ती कुराहरु। यत्रो दिनसम्म घरमा थुनेर राख्दा मानसिक असर गर्नेको हो कि भन्ने डर चाहि छ। घर वर पर बगैचामा र कम्पाउण्ड भित्र त घुमिरहेका छन् तर त्यतिले मात्र पुग्ला र ? धन्न स्कुलले अनलाइन क्लास शुरु गरेको छ, दिनको चार पाँच घण्टा भए पनि व्यस्त गर्ने काम गरेको छ। अब यो कतिको प्रभावकारी हुन्छ, त्यो चै थाहा भएन तर अहिले केही नभएर गेम र फोनमा झुन्डिनु भन्दा त यो धेरै राम्रो हो। अहिले सम्म खोप पत्ता लागेको छैन र पत्ता लागेको कति अवधि सम्म पनि स्कुल खोल्न सुरक्षित हुन्छ थाहा छैन। अब त्यो बेलासम्म कसरी चलाउने र चल्ने हो खै ?


छोराछोरीसँग यसरी समय बिताउँदा र घरको काम गर्दा निकै रमाइलो नि भई रहेछ। अझ छोरी सँग नयाँ-नयाँ परिकार पकाउन सिक्दा त मलाई अत्याधिक खुशी मिलेको छ। छोरीलाई विस्तारै घरको काम र बाबुलाई पनि गर्न सक्ने काम चाहिँ सिकाउनु पर्दोरहेछ। विशेषगरी यस्तो अवस्थामा, पछि कहाँ हुन्छन्, के हुन्छ, अहिलेबाटै अतिआवश्यक कुराहरु सिकाएर तयार बनाए पछि, गाह्रो नहोला पछि। अहिले घरमा उहाँलाई देखेर होला, तिनीहरू सबै काममा खुसी-खुसी सहभागी भएका। अझ बाबु रमाई-रमाई फुलहरूलाई पानी दिने काम, आफै गर्छु भनेर गरिरहेको हुन्छ। इन्टरनेटमा केटाकेटीले घरमा व्यस्त राख्ने उपायहरु हेरेको पनि निकै काम लग्यो। त्यसले राम्रो काम गरिरहेको छ र पहिलेभन्दा निकै खुसी र नजिक पनि भएका छन्र। यसको सबै श्रेय लकडाउनलाई नै जान्छ तर यो लकडाउन खोलेपछि फेरी पहिले जस्तो हुने त हैन भन्ने डर पनि छ। अझ २/३ महिना खुल्दैन होला , विशेषगरी भ्याक्सिन पत्ता नलागेसम्म। त्यो बेला सम्म त जता गए पनि त्रास मात्र हुन्छ।

Biggest super market chain in Nepal -Bhatbhateni Super Market
Source: BBSM



अनलाइन सेवा र भाटभटेनीले गर्दा निकै सजिलो भएको छ। यो नभएको भए हामी कसरी बच्थियौ होला ? खाना र खाजाको समस्या यसैले टारेको छ। अरु केहि सामान चाहियो भने घर सम्म ल्याई दिने सुविधा नि राम्रो दिएको छ। बाहिर निस्किन मन लग्यो भने पास लिएर गयो अनि सामान लिएर आयो। सरकारले यो चाहिँ राम्रै काम गरेको हो तर गरिबहरुलाई वा पैसा नहुनेलाई येति सजिलो छ जस्तो चाहि लाग्दैन। साथीको कुरा सुनेर चाल पाए कि सरकारले राहत भनेर केहि पनि दिएको रहेनछ, अझ क्वारेन्टिनमा बस्नेहरुलाई झन् बासी खाना दिई रहेको छ रे। त्येही भएर हाम्रो क्लबले पनि सहयोग गर्ने निर्णय गरेको छ, मैले पनि अलिकति पैसा दियिसके तर अलि कम दिए जस्तो लागेको छ, उहाँसँग एकचोटी सल्लाह  गरेर रकम थप्नु पर्ला। खान नपाउनेलाई कस्तो गाह्रो भई रहेको छ होला।हिजोबाट क्वारेन्टिनमा मान्छेहरुको मृतु हुन पनि सुरु भएको छ। क्वारेन्टिनमा राख्ने मात्र जिम्मा त हैन नि सरकारको, सहि उपचार र खानाको बेवस्था पनि गर्नु पर्यो नि नत्र ज्यान गुमाएकाहरुको जिम्मा सरकारले लिनु पर्यो। 
हाम्रो सरकारको व्यवस्थापन राम्रो नभएर नै होला क्वारेन्टाइनबाट मान्छेहरु भाग्ने। लापरबाहीले गर्दा नै २ जनाले ज्यान गुमाएका भनेर भन्दा फरक नपर्ला। अझ , मृतकको लास उठाउन कोहि नभएको समाचारले अर्को प्रश्न उठाउछ। हाम्रो व्यवस्थापन राम्रो भएको भए, ती ज्यान पनि बच्थियो कि र मृत्यु पछिका प्रक्रिया सहज हुन्थिये कि ? कोरोना महामारी नेपालमा बल्ल सुरु भए जस्तो छ, सुरुवातमै यस्तो डरलाग्दो छ पछिपछि कस्तो हुनेहोला, सम्झदा पनि सिरिङ्ग हुन्छ। आशा गर्छु हाम्रा मानिसहरू र सरकारको बेलामै बुद्धि आउनेछ र यस बिमारी सँग कसरी जित्न सकिन्छ भनेर सहि योजना र कार्य बेलामा नै बन्नेछन्र र हुनेछन्। 

छोराछोरीको मनोबाद 

Sister hugging her brother while sitting in garden bench

छोरी - उमेर १२.५ वर्ष


ठिकै छ, अस्ति मैले भनेको खाइयो, आज भाइले भनेको। आज, म:म अनि भोलि चाहि मैले भनेको खानुपर्छ। तर आफैंले पकाउँदा चै कस्तो रमाइलो हुँदो रहेछ, यसको अनुभव गर्न पाएकी थिइन। अहिले यो लकडाउनले गर्दा, यो खुशीको अनुभव गर्ने मौका मिलेको छ। डयाडीमम्मी सँग पहिला यसरी समय बिताएको याद नै छैन। सुरुसुरुमा निकै नौलो पनि लागेको थियो, डयाडीलाई सधैं यसरी घरमा देख्दा। कहिलेकाहीँ झल्याकझुलुक मात्र देखा पर्नु हुन्थ्यो र हाम्रो भेट क्षणिक मात्र हुन्थियो।अहिले यो लकडाउनले सबैलाई घरमै थुनेर, हाम्रो परिवारलाई र हामीलाई डयाडीसँग एकदम नजिक ल्याएको छ। अलि पछि खुले पनि हुन्थियो नि !


घरमा यति धेरै काम हुन्छ भन्ने पत्तो थिएन। यो लकडाउन भरीमा घरमा के गर्नुपर्छ, सबै काम अलि अलि भए पनि सिक्ने योजना बनाएकी छु। पछि स्कुलमा प्रोजेक्ट वा एक्लै बस्दा यो अनुभव काम लाग्छ। जीवनका नयाँ कुराहरु र अनुभवहरु सिकाएको छ यसले। साथीहरुसँग भेट चाहिँ भएको छैन तर दैनिक अनलाइन क्लासमा कुराकानी हुन्छ। हाम्रो स्कुलबाट घुम्न लाने योजना चाहि क्यान्सील भयो। यस्तो बेलमा कता जाने हो र ? 
Colorful lights in Disney land

हाम्रो डिज्नील्याण्ड जाने योजना पनि क्यान्सील भयो। मलाई सानै बाट डिज्नील्याण्ड जान मन थियो तर भाइ अलि ठूलो भएपछि जाउला भनेर भन्दा भन्दै यस्तो भयो यसपालि पनि। अझ मैले भाईलाई पनि यसको बारेमा भिडियोहरू देखाएर निकै उत्सुक बनाइएकी थिए। मभन्दा पनि भाइ एकदमै उत्सुक थियो पछिल्लो समयमा। अब हामी जान नमिल्ने भयो भन्ने कुरा भाइलाई सम्झौन निकै गाह्रो भएको थियो। भाइ पहिला स्कुलबाट आउने बित्तिकै खाली गेम मात्र खेल्थ्यो र प्लेस्टेशनमा झुण्डिरहेको हुन्थ्यो। तर आजकल ड्याडीमुम्मी वरपर हुनु भएर होला प्लेस्टेशनलाई त्यति समय नदिएको। आजकल, भाइ र मैले हरपल नयाँ कुरा गर्न र सिक्न पाइरहेका छौ। सबै सँगै मिलेर एकदम रमाइलो भइरहेको छ, आजकलको स्कुल भन्दा पनि घरमै बढी रमाइलो लाग्छ। 

त्येही हो बाहिर निस्किन चै पाइएको छैन। बाहिर पनि निस्कन पयिने अनि घर पनि यसरी बस्न पाइने भएको भए झन् कति आनन्द हुन्थ्यो। लकडाउन अलिपछि खोलिदिए पनि हुन्थ्यो। सामान किन्न को लागि पनि अरु ठाउँ जान पाइँदैन त्यहि भाटभटेनी मात्रै हो। थुप्रै सामान चाहिएको थियो अब खुलेपछि किन्नू पर्ला। तर कहिले खुल्छ कुन्नि ? अलि बिस्तारै खुले हुन्थियो ! 

छोराको मनोबाद - उमेर ९.५ वर्ष


आज बल्ल मैले भनेको खान पाइने भयो नत्र जैले पनि डयाडी र दिदीले मात्र के के बन्नुहुन्थ्यो। मलाई खासै भोक त छैन भर्खर चिप्स खाएको तर अरुकुरा भन्दा मलाई म:म एकदम मनपर्छ त्येही भएर खान चाहि खाइन्छ।


आजकल डयाडी सँग यसरी घर बस्न पाउँदा निकै मज्जा भइरहेको छ। ड्याडीलाई कति धेरै कुरा आउँदो रहेछ, सबै काम आफै गर्न सक्ने। मलाई पनि सबै काम आफै गर्ने हुनु छ। आजकल गेम पनि त्यति खेल्न मन लाग्दैन, साथीहरुले फोन गरेर अनलाइन खेल्न बोलाउदा पनि तिनीहरूको करले गरेर मात्र हो नत्र खास मन चाहि हुदैन। यो रोग सर्छ भनेर लकडाउन गरेको रे। यो रोग हराए पछि ड्याडी पनि हराउने त होइन ?
Small boy watering small plants in his garden

यो रोगले गर्दा हामी डिज्नील्याण्ड घुम्न जान पाइएन। झन्, दिदि र मेरो कति धेरै योजनाहरु थियो, त्यहाँ गएर के गर्ने र के के खेल्ने, सबै तयारी भइसकेको थियो। त्यहाँ कुन राइडमा बस्ने, कुन शो हेर्ने, यी सबै कुराहरूको राम्रोसँग तयारी गरेका थियौ। तर यो कोरोनाले गर्दा सबै अर्को वर्षको लागि सर्यो र त्यसको सट्टामा ड्याडीले नयाँ आईप्याड किन्दिन्छु भन्नुभएको छ। ठिकै छ। 

आजकल यो अनलाइन क्लासहरु अलि झ्याउ भएको छ। गृहकार्य पनि दिन सुरु गरेका छन् र त्यसले गर्दा मेरो ड्याडी सँग खेल्ने समय अलि कम भएको छ। तर पहिलेभन्दा चाहि आजकल धेरै रमाइलो भएको छ यसरी नै लकडाउन भइरहोस्। यो लकडाउन नखुले पनि हुन्थियो !

सरकार 

आफ्नो देशको भूभाग नक्सामा रहेनछ, बल्ल पो थाहा भयो। 


एउटै संसार, एउटै देश, एउटै सहर ,एउटै परिस्थिति तर फरक फरक कथा !


 समाप्त: 




राम्रो लागे मा सेयर (share ) गर्दिनु होला।
खण्ड १  र खण्ड २ पढ्नु भएको छैन भने येहा किलिक गर्नु होला।


पढिदिनु भएको लागि धन्यवाद।  केहि सल्ला र सुझावको लागि मलाई   " ashishworks2020@gmail.com " मा  सम्पर्क गर्न सक्नुहुनेछ।  धन्यवाद।


2 comments:

  1. la bhai yo pani sahi chha. yestai rachana haru padhdai jana payewosh bhabishyama pani. Shuvakamana...

    ReplyDelete
    Replies
    1. Dherai dherai dhanyabad ! Yesari nae bhai ko comment sabae post ma aaye rakhos .

      Delete

Powered by Blogger.